नेप्सेमा निरन्तर उछाल, यी १८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल आएको छ । आइतबारदेखि उकालो लागेको बजारमा लगातार बढोत्तरी आएको हो ।

 

पछिल्ला तीन दिनमै नेप्से १९२ अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि बजारमा सकरात्मक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।

 

सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेर सवा ६ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ७८.८२ अंकले बढेर २७५१.०१ विन्दुमा पुगेको छ । यसदिन २२७ कम्पनीको ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ बराबरको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल, फाइनान्स, विकास बैंक, लगानी र हाइड्रोपावर समूहमा उछाल आएको छ । होटल समूह सबैभन्दा धेरै ७.५१ प्रतिशतले बढेको छ ।

 

कारोबारमा आएका २२७ कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज कामना सेवा विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४४ रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंक साढे ३४ करोड र एनआइसी एशिया बैंक साढे २४ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज डेढ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, ङादी ग्रुप, खानीखोला, राधी विद्युत्, घलेम्दी, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

त्यसैगरी, सिनर्जी पावर, नेपाल हाइड्रो, वरुण हाइड्रोपावर, श्रीइन्भेष्टमेन्ट, शिवश्री, युनियन, ग्रीनलाइफ, जोशी, आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर र एचआइडीसीएलका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज साना किसान विकास बैंकका सेयरधनीले भने सबैभन्दा धेरै २ प्रतिशत कमाएका छन् ।

मध्यपहाडी लोकमार्ग : १३ वर्षमा आधा मात्रै काम पूरा, अझै कम्तीमा ३ वर्ष म्याद थप्नुपर्ने Read Previous

मध्यपहाडी लोकमार्ग : १३ वर्षमा आधा मात्रै काम पूरा, अझै कम्तीमा ३ वर्ष म्याद थप्नुपर्ने

यतीको सस्तो अफर, दुई गन्तव्यको टिकट १३०० रुपैयाँमै Read Next

यतीको सस्तो अफर, दुई गन्तव्यको टिकट १३०० रुपैयाँमै