मंसिरदेखि २० युनिटसम्म बिजुली छुट, यस्तो छ घटेको महसुल (सूचीसहित)

काठमाडौं । आगामी मंसिर १ गतेदेखि घरायसी र सिंचाइम प्रयोग हुने बिजुलीको महशुलमा  छुट हुने भएको छ ।

 

नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव अनुसार  विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको हो ।

 

आयोगले स्वीकृत गरेको नयाँ महशुल अनुसार अब ५ एम्पियरको मिटर जडान गर्नेले घरायसी ग्राहकले २० युनिटसम्म विद्युत् निःशुल्क पाउने छन् । यद्यपि, सेवा शुल्कबापत न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्नेछ । यसबाट करिब २२ लाख ग्राहक लाभान्वित हुनेछन् भने प्राधिकरणलाई वार्षिक ७५ करोड भार पर्नेछ ।

 

त्यसैगरी, सिँचाइमा प्रयोग हुने बिजुलीको महशुलमा पनि ५० प्रतिशत छुट पाउनेछन् ।यस्तै, व्यवसाय सञ्चालनका लागि ४०० भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब प्रतियुनिट वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि ४०० युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र सोभन्दा बढी खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।

 

बिजुली खेर जान थालेपछि खपत बढाउने उद्देश्यले प्राधिकरणले घरायसीका साथै औद्योगिक प्रयोगमा समेत छुट दिने गरी नयाँ महशुल निर्धारण गरेको थियो ।

 

कति बिजुली खपत गर्दा प्रतियुनित कति तिर्नुपर्छ ?

 

ड्राइभिङ लाइसेन्स आवेदन खुल्यो, अनलाइनबाटै यसरी भर्नुहोस् फारम Read Previous

ड्राइभिङ लाइसेन्स आवेदन खुल्यो, अनलाइनबाटै यसरी भर्नुहोस् फारम

मध्यपहाडी लोकमार्ग : १३ वर्षमा आधा मात्रै काम पूरा, अझै कम्तीमा ३ वर्ष म्याद थप्नुपर्ने Read Next

मध्यपहाडी लोकमार्ग : १३ वर्षमा आधा मात्रै काम पूरा, अझै कम्तीमा ३ वर्ष म्याद थप्नुपर्ने