दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब गायब, कर्जा लगानी ठप्प

काठमाडौं । दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलोसाता बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप फिर्ता गएको हो ।

 

संघको तथ्यांक अनुसार असोज मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ५ सम्म आइपुग्दा निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ ।

 

यस अवधिमा नेपाली मुद्राको निक्षेप न्यून मात्र गायब भए पनि बैंकिङ प्रणालीबाट १६ अर्ब विदेशी मुद्राको निक्षेप गायब भएको छ । असोज मसान्तमा १ खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कात्तिक ५ गते १ खर्ब ३५ अर्बमा सीमित भएको छ ।

 

५ दिनमै २० अर्ब निक्षेप घट्दा कर्जा लगानी भने ठप्प रहेको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी गर्नै नसकेको देखिएको छ ।

 

संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो भने कात्तिक ५ गतेसम्म आइपुग्दा पनि सोही अर्थात् ३९ खर्ब ९८ अर्ब रुपैयाँ नै रहेको छ ।

 

दशैं लगत्तै कर्जाको माग नभएकाले लगानी हुन नसकेको बैंकहरुले बताएका छन् ।

एनआइसी एशिया बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोेभन्दा घटायो Read Previous

एनआइसी एशिया बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोेभन्दा घटायो

बेमौसमी वर्षाको विध्वंस : २.७० लाख टन धान डुब्यो, दर्जनौं पुल बगायो, कति अर्बको भयो क्षति ? Read Next

बेमौसमी वर्षाको विध्वंस : २.७० लाख टन धान डुब्यो, दर्जनौं पुल बगायो, कति अर्बको भयो क्षति ?