एनआइसी एशिया बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोेभन्दा घटायो

काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको लाभांश् अघिल्लो आर्थिक वर्षकोभन्दा ५ प्रतिशत कम हो । बैंकले अघिल्लो आव २०७६/७७ मा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएके थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नयाँ मन्त्रीको सवारी मोह, वल्लो बिल्डिङबाट पल्लोमा जान पनि गाडी ! Read Previous

नयाँ मन्त्रीको सवारी मोह, वल्लो बिल्डिङबाट पल्लोमा जान पनि गाडी !

दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब गायब, कर्जा लगानी ठप्प Read Next

दशैंपछि बैंकिङ प्रणालीबाट २० अर्ब गायब, कर्जा लगानी ठप्प