काठमााडौं । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवद्र्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ ।
महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवद्र्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको हो ।
मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली छालाजन्य सामग्री, पश्मिना, ऊन, नेपाली कागजलगायत हस्तकला सामग्रीका २५ स्टल राखिने जानकारी दिए।
“भदौ ८ गतेदेखि सुरु हुने मेलामा ८ गतेदेखि १० गतेसम्म नक्सालमा, ११ गतेदेखि १३ गतेसम्म ठिमीमा र १४ गतेदेखि १६ गतेसम्म कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटमा कोसेली मेला गर्न लागेका छौँ,” उनले भने।
सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले नेपाली हस्तकला महँगो नभएकाले सजिलै आन्तरिक बजार प्रवद्र्धन गर्न सकिने बताए। हस्तकला महासङ्घले भाटभटेनी हस्तकला कोसेली मेलाका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।