सानिमा बैंकका दुई नयाँ शाखा संचालनमा

काठमाडौं । सानिमा बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

 

चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे ।

 

यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरे ।

 

सानिमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।

 

जनकपुर जाने जहाजको टिकट १३०० रुपैयाँमै ! यसरी काट्नुस् टिकट Read Previous

जनकपुर जाने जहाजको टिकट १३०० रुपैयाँमै ! यसरी काट्नुस् टिकट

देशका मुख्य पर्यटकीय गन्तव्य घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू Read Next

देशका मुख्य पर्यटकीय गन्तव्य घुम्न कति लाग्छ खर्च ? यस्ता छन् टूर प्याकेजहरू