जनकपुर जाने जहाजको टिकट १३०० रुपैयाँमै ! यसरी काट्नुस् टिकट

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न सस्तो टिकट अफर ल्याएको छ ।

 

यसअघि पनि विभिन्न गन्तव्यका लागि यस्तो अफर ल्याएको कम्पनीले जनकपुरका लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एप र वेबसाइटबाट प्रोमो कोड प्रयोग गरी जनकपुरको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-जनकपुर एकतर्फी टिकट १ हजार ३०० रुपैयाँमा किन्न सकिने छ ।

 

यो अफर अक्टोबर २२ (कात्तिक ५ गते)का लागि मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।

 

 

गौतमबुद्ध विमानस्थलमा राख्ने साढे २ अर्बको बुद्धमूर्ति नेपाल आइपुग्यो Read Previous

गौतमबुद्ध विमानस्थलमा राख्ने साढे २ अर्बको बुद्धमूर्ति नेपाल आइपुग्यो

सानिमा बैंकका दुई नयाँ शाखा संचालनमा Read Next

सानिमा बैंकका दुई नयाँ शाखा संचालनमा