राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बुधबार एकै दिन १४ वटा नयाँ शाखाको उद्घाटन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यी शाखाहरुको संयुक्त उद्घाटन गरेका हुन् ।

 

देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ । यी नयाँ शाखासहित बैंकको देशभरमा कुल शाखा संख्या २३६ पुगेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं १ मा झापाको चकचकी र मोरङको कर्सिवाबजार, प्रदेश नं २ मा रौतहटको चन्द्रपूर, पर्साको पोखरीया तथा महोत्तरीको बलवाबजार र पिपरामा शाखा विस्तार गरेको छ । यस्तै, प्रदेश नं ३ मा मकवानपुरको भिमफेदी र काठमाडौं कोटेश्वर र टोखामा शाखा खोलेको छ ।

 

यता, गण्डकी प्रदेशमा नवलपुरको टांगीकोट र तनहुको खैरेनीटार तथा प्रदेश नं ५ मा दाङको घोराही, कपिलवस्तु चन्द्रौटा र पूर्तिघाट गुल्मीमा शाखा विस्तार गरेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक हो । बैंकले गत वर्ष ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

‘बाजेको सेकुवा’ अब ललितपुरको कुमारीपाटीमा पनि Read Previous

‘बाजेको सेकुवा’ अब ललितपुरको कुमारीपाटीमा पनि

सेयर वादशाह वारेन बफेट : धमाधम सेयर बेच्दै, बैंक खातामा नगद थुपार्दै Read Next

सेयर वादशाह वारेन बफेट : धमाधम सेयर बेच्दै, बैंक खातामा नगद थुपार्दै