‘बाजेको सेकुवा’ अब ललितपुरको कुमारीपाटीमा पनि

काठमाडौं । लोकप्रिय नेपाली ब्राण्ड ‘बाजेको सेकुवा’ले ललितपुरको कुमारीपाटीमा शाखा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमका बिच शाखाको उद्घाटन गरिएको थियो । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको नेपाली रेष्टुराँ सञ्जाल बाजेको सेकुवाले सञ्जाल विस्तारलाई अघि बढाउँदैं आएको छ ।

 

उक्त फ्रेञ्चाइजमा प्रकाशचन्द्र श्रेष्ठ, रोजित श्रेष्ठ, गोपाल तामाङ र माइतवर गुरुङको संयुक्त लगानी रहेको छ । ललितपूरको मूख्य व्यापारिक सहरमा बढ्दो रेष्टुराँ संस्कृतिलाई लक्षित गर्दै बाजेको भेञ्चर प्रालिले फ्रेञ्चाइज मोडलमा रेष्टुराँ सञ्जाल विस्तार गरेको हो ।

 

बाजेको सेकुवा ब्राण्डमा जनकपुर, नेपालगञ्ज, वीरगञ्ज विराटनगर र मुग्लिनमा साथै नेपाल बाहिर अमेरिकाका, अष्ट्रेलिया र बेलायतमा समेत आगामी २ वर्षभित्र रेष्टुराँ सञ्जाल विस्तार गर्ने कम्पनीको योजना रहेकाे जनाएकाे छ ।

 

काठमाडौं उपत्यका बाहिर पोखरा, भरतपुर र बुटवलमा फ्रेञ्चचाइज मोडलमा रेष्टुराँ सञ्चालन भइरहेको छ भने अमेरिकाको न्यूयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर फ्रेञ्चाइज सञ्चालनमा रहेको छ । यसैगरी अमेरिकाका लागि डालासका लागि फ्रेञ्जाइज सम्झौता अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।

 

एउटा रेष्टुराँ स्थापनाका लागि ५० लाखदेखि ८० लाख रुपैयाँसम्म प्रारम्भिक लगानी आवश्यक पर्छ । नयाँ खुल्ने बाजेको सेकुवामा कम्तीमा २० जनाले प्रत्यक्ष रोजगारीको अवसर समेत पाउँछन् । बाजेको सेकुवा ब्राण्डमा रेष्टुराँ सञ्चालन गर्न चाहने इच्छुक लगानीकर्ताको पहिचान र फ्रेञ्चाइज सम्झौता गर्ने काम बाजेको भेञ्चर प्रालि कम्पनीले गर्दै आएको छ ।

 

फ्रेञ्चाइज मोडलको रेष्टुराँमा बाजेको भेञ्चर प्रालिको सर्तका अधिनमा रहेर तोकिएको दस्तुर र मासिक व्यापारको केही प्रतिशत रोयल्टी तिर्ने सहमतिमा बाजेको सेकुवा ब्राण्डको रेष्टुराँ सञ्चालनको स्वीकृति दिन गरेको छ ।

 

काठमाडौंको सिनामंगलमा ४ दशक अघि सुरु भएको बाजेको सेकुवा अन्तर्गत अहिले उपत्यका बाहिर ३ वटा आउटलेट सहित ११ वटा रेष्टुराँ सञ्चालनमा छन् । योमध्ये अनामनगर, सोह्रखुट्टे, गौरीधारा र बत्तिसपुतलीमा सबै लगानी कम्पनीको आफ्नै छ भने बाँकीमा फ्रेञ्चाइज हुन ।

सर्वोच्चको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै Read Previous

सर्वोच्चको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै

राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन Read Next

राष्ट्रिय वाणिज्य बैंकको एकै दिन १४ नयाँ शाखा उद्घाटन