अब बैंकहरूले कर्जा असुली नभएको ६ महिनापछि मात्रै लिलामी गर्न पाउने

काठमाडौैं । अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पैसा तिर्न आउन भनेर जथाभावी सूचना निकाल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै ऋण असुली सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार १ वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको ऋणको सार्वजनिक सूचना निकाल्न र धितो लिामामी गर्न भाखा नाघेको ६ महिना बितेको हुनुपर्ने व्यवस्था गरेको छ ।

 

‘एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ,’ राष्ट्र बैंकद्धारा जारी एकीकृत निर्देशिकामा भनिएको छ ।

 

यस व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलि हुनुपर्ने भाखा नाघेको ६ महिनापछि मात्रै धितोबापतको चलअचल सम्पत्ति लिलामी गर्न पाउने छन् ।

 

यस्तै, राष्ट्र बैंकले ब्याज पुँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र केन्द्रीय बैंकमा पुँजीकरणका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

 

 

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १.१६ अर्बको जग्गा किन्दै Read Previous

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १.१६ अर्बको जग्गा किन्दै

१३ करोडमा बनेको दमक फनपार्क सञ्चालनमा, यस्ता छन् सुविधा Read Next

१३ करोडमा बनेको दमक फनपार्क सञ्चालनमा, यस्ता छन् सुविधा