१३ करोडमा बनेको दमक फनपार्क सञ्चालनमा, यस्ता छन् सुविधा

दमक । दशैंको अवसर पारेर झापाको दमकमा फनपार्क सञ्चालनमा आएको छ । ‘दमक फनपार्क एण्डएग्रो टुरिजम प्राली’ले करिब १३ करोड रुपैयाँ लागतमा आजदेखि फनपार्क सञ्चालनमा ल्याएको हो ।

 

करिब ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरुआत भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छ ।

 

त्यस्तै बालबालिकालाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । पार्कभित्रै स्तरीय रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दङगालले जानकारी दिए ।

 

होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको उनले बताए ।

 

सो फनपार्कमा दमकका सफल युवा व्यवसायी दीपेन्द्र ढुङ्गेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ ।

 

जिल्लका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रुपमा फनपार्कलगायतका मनोञ्जनस्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ ।

अब बैंकहरूले कर्जा असुली नभएको ६ महिनापछि मात्रै लिलामी गर्न पाउने Read Previous

अब बैंकहरूले कर्जा असुली नभएको ६ महिनापछि मात्रै लिलामी गर्न पाउने

ग्लोबल आइएमई र मुक्तिनाथ बैंकबीच सम्झौता Read Next

ग्लोबल आइएमई र मुक्तिनाथ बैंकबीच सम्झौता