मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १.१६ अर्बको जग्गा किन्दै

काठमाडौं । मेगा बैंक नेपालले कर्पोरेट कार्यालय भवन बनाउन १ अर्ब बढीको जग्गा किन्ने भएको छ ।

 

बैंक संचालक समितिको असोज २४ गते बसेको बैठकले मुख्य कार्यालय भवन बनाउन १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ बराबरको जग्गा किन्ने निर्णय गरेको हो ।

 

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ५ मा कर्पोरेट कार्यालय बनाउन जग्गा किन्ने भएको हो । हाल बैंकको कर्पोरेट कार्यालय राइजिङ मल, कमलादीमा भाडाको भवनमा रहेको छ ।

सानिमा बैंकको नयाँ शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा Read Previous

सानिमा बैंकको नयाँ शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा

अब बैंकहरूले कर्जा असुली नभएको ६ महिनापछि मात्रै लिलामी गर्न पाउने Read Next

अब बैंकहरूले कर्जा असुली नभएको ६ महिनापछि मात्रै लिलामी गर्न पाउने