सानिमा बैंकको नयाँ शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौं । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा नयाँ शाखा विस्तार गरेको छ ।

 

आइतबार बैंकको मंगलबजार कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल खर ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले संयुक्त रुपमा गरे ।

 

यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जनले ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतले गरे ।

 

सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।

नवमीको दिनमा सिभिल बैंकले फेसमास्क र स्यानिटाइजर बाँड्ने Read Previous

नवमीको दिनमा सिभिल बैंकले फेसमास्क र स्यानिटाइजर बाँड्ने

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १.१६ अर्बको जग्गा किन्दै Read Next

मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन १.१६ अर्बको जग्गा किन्दै