नवमीको दिनमा सिभिल बैंकले फेसमास्क र स्यानिटाइजर बाँड्ने

काठमाडौं । सिभिल बैंकले दशैँको अवसरमा ‘सुरक्षित दशैँ मनाऔं’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्ने भएको छ ।

 

बैंकले नवमीमा विभिन्न मन्दिरहरुमा भक्तजनको बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्र्दैै फेसमास्क तथा स्यानीटाइजर वितरण गर्ने भएको छ ।

 

बैंकले काठमाडौंको तलेजु भवानी, काल भैरव, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाइजर वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

 

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।

 

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने Read Previous

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

सानिमा बैंकको नयाँ शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा Read Next

सानिमा बैंकको नयाँ शाखा ललितपुरको मंगलबजार र बालकुमारीमा