काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले लाभांशदर परिमार्जन गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार निफ्राले लाभांश परिमार्जन गरी ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद दिने भएको छ ।
निफ्राले यसअघि ८.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संशोधित लाभांश बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।