नेरुडे लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने Read Next

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने