ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद गरी कुल १३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

किसानलाई आकर्षित गरी बासमती चामलको उत्पादन बढाउन विशेष कार्यक्रम Read Previous

किसानलाई आकर्षित गरी बासमती चामलको उत्पादन बढाउन विशेष कार्यक्रम

नेरुडे लघुवित्तको लाभांश घोषणा Read Next

नेरुडे लघुवित्तको लाभांश घोषणा