चन्द्रागिरि हिल्सको दशैं अफर : आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले दशैंको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

 

कम्पनीले दशैंमा घुम्न आउने आन्तरिक पर्यटकलाई लक्षित गरी यस्तो अफर ल्याएको हो । हाल चन्द्रागिरि केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ भर्ने सबैले यसमा २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

 

कम्पनीले यसअघि पनि यस्तो अफर ल्याएको थियो । कम्पनीले गत पुस २४ गतेदेखि सर्वसाधरणका लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गरेको थियो ।

 

त्यस्तै, पहिलो चरणमा गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

 

कम्पनीको दुई चरणमा जारी गरेको आइपीओमा आवेदन दिएका १२ लाख ५६ हजार ७४६ जनाले छुट पाउने हिल्सले जनाएको छ । केबलकारको टिकटमा छुट पाउन सर्वसाधरणले आइपीओ भरेको प्रमाण टिकट काउन्टरमा देखाउनु पर्नेछ ।

 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

९ बैंकले घोषणा गरे लाभांश, कुनको कति ? Read Previous

९ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

कात्तिक ४ देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्ता भर्न पाइने Read Next

कात्तिक ४ देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्ता भर्न पाइने