कात्तिक ४ देखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्ता भर्न पाइने

काठमाडौं । कात्तिक ४ गतेदेखि सामलिङ पावर कम्पनले प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये १४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आइपीओमा कात्तिक ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलोचरणमा यसअघि आयोजना प्रभावित क्षेत्र इलाम बासिन्दाका लागि ५ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ ।

 

चन्द्रागिरि हिल्सको दशैं अफर : आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट Read Previous

चन्द्रागिरि हिल्सको दशैं अफर : आइपीओ भर्नेलाई केबलकार टिकटमा २५ प्रतिशत छुट

बन्दीपुर केबलकार डेढ वर्ष भित्र संचालनमा आउने, स्थानीयले १० हजारमा १० वर्ष चढ्न पाउने Read Next

बन्दीपुर केबलकार डेढ वर्ष भित्र संचालनमा आउने, स्थानीयले १० हजारमा १० वर्ष चढ्न पाउने