आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा संचालन

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा संचालनमा ल्याएको छ । जितपुर बारास्थित थ्री एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरीएको हो ।

 

दुई वटै शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले संयुक्त रुपमा गरे ।

 

यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

 

अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै विक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

 

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत विक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्री-एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

यस्तै, अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयका अनुसार अशोक लेलैण्ड हिन्दूजा समूह अन्तर्गतको ७३ वर्ष पुरानो भारतको दोस्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको आक्रमक बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।

 

आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

 

आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरु विक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

उपत्यकामा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो, अब चढ्ने बित्तिकै कति तिर्नु पर्छ ? Read Previous

उपत्यकामा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो, अब चढ्ने बित्तिकै कति तिर्नु पर्छ ?

खाना पकाउने ग्यासको खपत २५ प्रतिशतले बढ्यो, उद्योगहरू पूर्ण क्षमतामा संचालन Read Next

खाना पकाउने ग्यासको खपत २५ प्रतिशतले बढ्यो, उद्योगहरू पूर्ण क्षमतामा संचालन