काठमाडौँ । दशैँ सुरू हुन केही दिन मात्रै बाँकी छ । मानिसको आवतजावत र चहलपहल निकै बढी हुने समय हो यो ।
विगतका वर्षहरूमा दशैँ तिहारको समयमा काठमाडौँँ उपत्यकाबाट लाखैँ संख्यामा मानिसहरू बाहिरीने गर्दथ्ये । लामो यात्रामा जाने यात्रुहरू टिकटक काट्न लमबद्ध हुने गर्दथ्ये । यात्रुहरू बसको ग्यालरी र क्याबेनमा बसेर समेत दुई दिन यात्रा गर्न तछाडमछाड गरिहन्थे ।
तर, यस वर्ष भने परिस्थिति फरक छ । सामान्य अवस्थामा पनि भीडभाड र व्यस्त हुने गोंगबुस्थित नयाँ बसपार्क अहिले यात्रुहरूको पर्खाइमा रहेको छ ।
दशैँको लागि स्कुल, कलेजहरू लगायत कार्यालयहरू बन्द हुन थालेका छन् । तर, ६५ भन्दा बढी जिल्लाका यात्रु जोड्ने उपत्यकाको मुख्य बसपार्क भने सुनसान छ ।
विगतमा अग्रिम टिकट बुकिङ खुलेको केही दिनमै टिकट बिकीसक्ने भए पनि यस वर्ष भने करिब ३० प्रतिशत हाराहारीम मात्र टिकट विक्री भएको यातायात व्यवसायी बताउँछन् ।

अग्रिम बुकीङ खुला गरे पनि टिक लिन आउने मानिसको संख्या न्यूून रहेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । ‘दशैँ तिहारको लागि बुकिङ खुला गरे पनि मानिसको आवतजाावत न्यून छ,’ उनले भने, ‘टिकट विक्री नहुँदा संञ्चालनमा आएका बसले समेत यात्रु पाउन सकेका छैनन् ।’
उनका अनुसार कोरोनाका कारण गाउँ जाने मानिस कम हुँदा टिकट विक्री हुन नसकेको हो । साथै, पछिल्लो समय वर्षाका कारण बाटो बिग्रिएकाले हवाईजहाज मार्फत यात्रा गर्नेको संख्या बढ्नाले बसका यात्रु घटेको उनको भनाइ छ ।
हाल दैनिक ६०० हाराहारीमा लामो दूरीको अग्रिम टिकट बुकिङ हुने गरेको नयाँ बसपार्कका एक कर्मचारीले बताए । हालसम्म दशैंकका लागि करिब १८ हजार टिकट अग्रिम बुकिङ भएको उनले बताए ।
अहिले नै कति टिकट विक्री हुन्छन् भन्ने एकीन नभएको अध्यक्ष कर्मचार्य बताउँछन् । ‘गत वर्ष कोभिडको कारण बन्द अवस्था भएकाले आवतजावत गर्ने स्थिति भएन्,’ उनले चााणक्य पोष्टसँग भने, ‘यो वर्ष पनि टिकट विक्री भइरहेको छैन्,अहिले नै कति बाहिरीन्छन् भन्ने एकीन गर्न सकिने स्थिति छैन ।’व्यवसायीहरुले दशैंमा पनि फूल सिट यात्रु नपाउने गुनासो गरेको उनको भनाइ छ ।
अग्रिम बस टिकट लिनेको संख्या ३० प्रतिशतभन्दा कम
विगतको तुलनामा यस वर्ष दशैँका लागि अग्रिम बस टिकट लिनेहरूको संख्या हाल सम्म ३० प्रतिशत रहेको छ । नयाँ बसपार्कबाट दसैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् ।

गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरूको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए । ‘कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,’ उनले भने ।
हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । उपत्यकामा विभिन्न व्यापार, व्यवसाय, रोेजगारी र अध्ययनका लागि बसेका मानिसहरू चाडपर्व मनाउन घर जाने गरेका छन् । उनीहरूलाई सहजताको लागि सरकारले दशैँका लागि असोज ११ देखि अग्र्रिम टिकट बुकीङ खुुला गरेको थियो ।