काठमाडौं । पछिल्लो समय तीव्रगतिमा देशभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोमले कम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
कम्पनीले उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मुल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार ग्राहकले मासिक मात्र ८९९ रुपैयाँमै १०० एमबीपीपएस इन्टरनेट प्रदान गर्ने घएको छ । साथै, ग्राहकले ५ जी ड्युल व्याण्ड राउटर पाउने छन् ।
१०० एमबीपीएस इन्टरनेट सबैभन्दा सस्तो मुल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले पाउने छन् ।
असोज ११ गतेदेखि ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भइरहेको छ । यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् ।
स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ ।