काठमाडौं । नेपालका लागि टोयोटा गाडीको एकमात्र वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले शिवपुरी नव जागृति क्लबलाई २० थान जर्सी तथा फुटबल खेलसामग्री हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्यले क्लबका अध्यक्ष विरोज ठकुरी, अन्य पदाधिकारी तथा खेलाडी लगायत लाई हस्तान्तरण गरे । सामग्री हस्तान्तरण गर्दै वैद्यले भने, ‘क्लब र युटिएसले बिगतमा पनि सहकार्य गर्दै आईरहेको र आगामी दिनमा पनि यो साथलाई निरन्तरता दिनेछौं ।’
त्यस्तै, क्लबका अध्यक्ष ठकुरीले धन्यवाद दिदैँ क्लबको तर्फबाट टोयोटालाई सक्दो प्रोमोसन गर्ने प्रतिबद्धता जनाउनु जनाए ।