सिटी सेन्टरको अफर : सामान किन्दा ५० प्रतिशतसम्म छुट, ‘लक्की ड्र’मा पोखरा घुम्ने अवसर

काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीहरूको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरू ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरूलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।

 

किनमेल गर्ने ग्राहकहरूलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

 

शपिङ्ग मलमा आउने ग्राहकलाई डेल्ली लक्की ड्र, शपिङ्ग भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपन मार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।

 

यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरूले ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रि लगायतका अन्य आकर्षक छुट तथा योजनाहरू समेत प्रदान गर्नेछन् ।

 

विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर, सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याएको हो ।

 

यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ ।

 

चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक २०७८ (छठ पर्व) सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

नागरिक लगानी कोष र आइएमई बीच सम्झौता Read Previous

नागरिक लगानी कोष र आइएमई बीच सम्झौता

शक्तिपीठहरूमा रंगरोगन गर्न छैन बजेट, दाताकै भरमा चिटिक्क पारिँदै (फोटोफिचर) Read Next

शक्तिपीठहरूमा रंगरोगन गर्न छैन बजेट, दाताकै भरमा चिटिक्क पारिँदै (फोटोफिचर)