नागरिक लगानी कोष र आइएमई बीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेड बीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सोमबार हस्ताक्षर गरेका हुन् ।

 

वैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।

 

उक्त सफ्टवेयरको निर्माणसंगै आइएमईसंग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले विशेष आर्थिक क्षेत्र निर्माणमा लगानी गर्ने Read Previous

इन्फ्रास्ट्रक्चर बैंकले विशेष आर्थिक क्षेत्र निर्माणमा लगानी गर्ने

सिटी सेन्टरको अफर : सामान किन्दा ५० प्रतिशतसम्म छुट, 'लक्की ड्र'मा पोखरा घुम्ने अवसर Read Next

सिटी सेन्टरको अफर : सामान किन्दा ५० प्रतिशतसम्म छुट, 'लक्की ड्र'मा पोखरा घुम्ने अवसर