इन्फ्रास्ट्रक्चर बैंकले विशेष आर्थिक क्षेत्र निर्माणमा लगानी गर्ने

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच सहकार्य गर्नेबारे सम्झौता भएको छ।

 

निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा सञ्चालनका लागि दुईबीच सम्झौता भएको हो ।

 

उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

औद्योगिक विकास प्रवद्र्धनका लागि भएको सम्झौता पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ मा केन्द्रित रहेको छ।

 

ती आर्थिक क्षेत्रको प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनोटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु सम्झौताको उद्देश्य रहेको उल्लेख गरिएको छ।

च्याङ्ग्राको भाउ छोइ नसक्नु, एउटैको मूल्य ४५ हजार माथि Read Previous

च्याङ्ग्राको भाउ छोइ नसक्नु, एउटैको मूल्य ४५ हजार माथि

नागरिक लगानी कोष र आइएमई बीच सम्झौता Read Next

नागरिक लगानी कोष र आइएमई बीच सम्झौता