चन्द्रागिरि केबुलकार दशैँ, तिहारमा पनि खुल्ने

काठमाडौं । चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दशैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो ।

 

हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले दशैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको राससलाई जानकारी दिए ।

 

हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत १ हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए ।

 

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।

चौधरी, सुमार्गीसहित १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा  लगानी, कसको कति ? Read Previous

चौधरी, सुमार्गीसहित १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी, कसको कति ?

१० माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ? Read Next

१० माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?