बेलायतमा धमाधम बन्द हुन थाले पेट्रोल पम्प, तेल बोक्न विदेशी ट्याङ्कर चालक ल्याइँदै

लण्डन । बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।

 

सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताए । उनले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने बताए ।

 

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’का अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् ।

 

सरकारी अधिकारीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।

 

सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् । -एएफपी

नबिल बैंकले लगातार दोस्रोपटक पायो एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्ड Read Previous

नबिल बैंकले लगातार दोस्रोपटक पायो एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

वीरगञ्ज भन्सारले दुई महिनामै उठायो ४० अर्ब राजस्व, दैनिक८०० ट्रक सामान आयात Read Next

वीरगञ्ज भन्सारले दुई महिनामै उठायो ४० अर्ब राजस्व, दैनिक८०० ट्रक सामान आयात