नबिल बैंकले लगातार दोस्रोपटक पायो एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्ड

काठमाडौं । नबिल बैंक २०२१ का लागि एसियाली विकास बैंक (एडीबी)ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट नेपालको लिडिङ पार्टनर अवार्डबाट सम्मानित भएको छ ।

 

नबिल लगातार दोस्रो पटक यस अर्वाबाट सम्मानित भएको हो । नबिलले सन् २०२० मा पनि सोही अवार्ड प्राप्त गरेको थियो ।

 

एसियाली विकास बैंकको व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्छ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न सशक्त पार्छ ।

 

एसियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा एडीबीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

नयाँ बानेश्वरको आकाशे पुल दशैँ अघि नै सम्पन्न हुने, कोटेश्वरको नबन्ने Read Previous

नयाँ बानेश्वरको आकाशे पुल दशैँ अघि नै सम्पन्न हुने, कोटेश्वरको नबन्ने

बेलायतमा धमाधम बन्द हुन थाले पेट्रोल पम्प, तेल बोक्न विदेशी ट्याङ्कर चालक ल्याइँदै Read Next

बेलायतमा धमाधम बन्द हुन थाले पेट्रोल पम्प, तेल बोक्न विदेशी ट्याङ्कर चालक ल्याइँदै