काठमाडौं । नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई तत्कालै धितोपत्र कारोबारको गर्न सेयर ब्रोकरको लाइसेन्स प्रदान गर्न माग गरेको छ।
बुधबार बसेको संघको बैठकले नेपाल स्टक एक्सचेन्जमा प्रकृया पुर्याएर निवेदन दिएका सबै बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो।
नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेजलाइसेन्स जारी गर्न सूचना प्रकाशन गरेपछि बैंकहरुले सबै प्रकृया पूरा गरी सेवा प्रदानगर्न आन्तरिक तयारी समेत पूरा गरेका थिए ।
अर्थ समितिले गतहप्ता तत्कालको लागि बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो । समितिको यो निर्देशनप्रति संघले आपत्ति जनाएको छ।