नेपालमा वार्षिक ५ लाख भन्दा बढी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । यद्यपी समस्या के छ भने ती मध्ये एक तिहाईले मात्र नेपालमा रोजगारी पाउने गरेका छन् । अनी अनौठो कुरा के छ भने यहाँका उद्योगी र व्यवसायीले पनि दक्ष जनशक्ति पाउन सकेका छैनन् ।
जनशक्तिले रोजगारी नपाउने र रोजगारदाताले जनशक्ति नपाउने अप्ठ्यारो चक्रमा नेपालमो श्रमबजार फसेको छ । सरकारको तथ्याङ्कलाई नै आधार मान्ने हो भने प्रत्येक वर्ष ३ देखि ४ लाख जनसंख्या रोजगारको लागि विदेशीएका छन् ।
आर्थिक वर्ष २०७३/२०७४ मा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख १९ हजार ८ सय १३ रहेको थियो भने आर्थिक वर्ष २०७४/२०७५ मा ४ लाख १३ हजार ७ सय ७१ रहेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/२०७६ फागुनसम्म ३ लाख ३२ हजार ४ सय २६ रहेको छ ।
नेपाल संसारमा श्रम शक्तिको उपलब्धताको प्रतिशतको हिसाबले माथि नै रहेको छ । तर, उत्पादकत्व भने न्यून छ । केवल अदक्ष श्रमशक्तिको वाहुल्यता रहेको छ । नेपालको उत्पादनमूलक क्षेत्रमा दक्ष जनशक्ति नै पाइँदैन ।
नेपालको आफ्नै श्रम र सीप प्रयोग गर्ने उद्योगहरुमा समेत आफ्ना श्रमशक्ति योग्य भएका छैनन् । त्यसकारण विदेशबाट श्रमशक्ति ल्याउनु पर्ने व्याध्यता रहेको छ । त्यसको दरिलो उदाहरण हो इँट्टा उद्योग ।
नेपाल संसारमा श्रम शक्तिको उपलब्धताको प्रतिशतको हिसाबले माथि नै रहेको छ । तर, उत्पादकत्व भने न्यून छ । केवल अदक्ष श्रमशक्तिको वाहुल्यता रहेको छ । नेपालको उत्पादनमूलक क्षेत्रमा दक्ष जनशक्ति नै पाइँदैन ।नेपालको आफ्नै श्रम र सीप प्रयोग गर्ने उद्योगहरुमा समेत आफ्ना श्रमशक्ति योग्य भएका छैनन् । त्यसकारण विदेशबाट श्रमशक्ति ल्याउनु पर्ने व्याध्यता रहेको छ ।
‘अहिले नेपाली इँट्टा उद्योगमा करिब २ लाख ५० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिएका छौं । ती मध्ये ७० प्रतिशत चाँही भारतीय हुन्’ नेपाल इँट्टा उत्पादक महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार भन्छन् । उनको तथ्याङ्कलाई आधार मानेर हेर्दा नेपालमा श्रम शक्तिको अभावमा भन्दा पनि इँट्टा उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव भएको प्रष्ट देखिन्छ ।
जुत्ता उद्योगको हालत पनि उस्तै छ । उनीहरु पनि भारतबाट कालिगढ ल्याएर जुत्ता उद्योग चलाइरहेका छन् । नेपाली कामदारको लागत बढी पर्ने, भनेको बेलामा नपाउने तथा काम गर्दा गर्दै छोडेर हिँडिदिने जस्ता समस्याका कारण भारतबाट कामदार ल्याउनु परेको व्यवसायीहरु बताउँछन् ।
अहिले फुटवयेर म्यानुफ्याक्चर्स एशोसिएन अफ नेपालले दक्ष कालिगढ उत्पादन गर्न तालिम सञ्चालन गरिरहेको छ । हालसम्म २ हजार भन्दा बढिलाई कालिगढको तालिम प्रदान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा जनसंख्याशास्त्री डा. लक्ष्मण सिंह कुँवरको अनुसार ‘ देशमा दक्ष जनशक्ति नहुनमा हाम्रो शिक्षा प्रणालीको प्रमुख दोष रहेको बताउँछन् । ‘हाम्रो शिक्षा हाम्रा व्यवसायीक आवश्यकता अनुरुप छैन,’ उनी भन्छन् ।
नेपालमा बेरोजगार भएपछि मात्र उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय जाने परम्पराको विकास भएको छ, जसले गर्दा आवश्यक जनशक्ति र उत्पादित जनशक्तिको सन्तुलन मिलेको छैन ।
राज्य अहिलेसम्म कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ भन्ने कुरामा प्रष्टहुनु त परको कुरा यसको लागि अनुसन्धानको थालनी भएको छैन ।
कुँवर भन्छन्,‘नेपालमा बेरोजगार भएपछि मात्र उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय जाने परम्पराको विकास भएको छ, जसले गर्दा आवश्यक जनशक्ति र उत्पादित जनशक्तिको सन्तुलन मिलेको छैन ।’
हालै स्थानीय तहमा लोकसेवा आयोगले विभिन्न तहको ९ हजार भन्दा बढीको आवदेन माग्दा करिब ५ लाखको हाराहारीको संख्यामा आवेदन पर्नुले पनि माग र आपूर्तिको असन्तुलनलाई प्रष्ट झल्काउँछ ।
भएका दक्ष जनशक्तिहरु पनि नेपालमा काम गर्ने मानसिकतामा नहुनु अर्काे जटील समस्या देख्छन् सह–प्राध्यापक कुँवर । स्वरोजगार कार्यक्रमहरु प्रभावकारि नहुँदा उद्यमशीलताको विकास हुँदैन र मानव संसाधानको परिचालनमा अवरोध आउँछ ।
देशको आवश्यकता अनुसारको राजनीति नहुँदा मानवशंसाधन मन्त्रालयको समेत गठन हुन सकेको छैन । मुलुकलाई कस्तो क्षेत्रमा कस्ता जनशक्ति चाहिन्छन् र ती कसरी उत्पादन गर्ने भन्ने विषयमा कुनै काम भएको छैन । साथै, विभिन्न उद्यमशीलताका कामहरु पनि ठोस रुपमा अघि बढ्न सकेका छैनन् ।
नेपालको श्रमशक्ति वि.सं. २०५८ सालको जनगणना अनुसार १ करोड १८ लाख ४० हजारको संख्यामा रहेको थियो भने वि.सं. २०६८ मा १ करोड ५९ लाख १० हजारको संख्यामा थियो । नेपालको श्रमशक्तिको वार्षिक वृद्धिदर २.४ प्रतिशत छ । सन् २०१८ मा श्रम शक्तिमा सहभागिताको संख्या कुल जनसंख्याको ८३ प्रतिशत थियो ।
यस्तो संख्यालाई जनसंख्याको लाभांश भनिन्छ । यो काम गर्न सक्ने जनसंख्या हो । यस्तो अवस्था कुनै पनि मुलुकको इतिहासमा विरलै आउने बताउँछन् डा. कुँवर ।उनी भन्छन्,‘ यस्तो लाभांश जनसंख्याबाट लाभ उठाएर देशले विकासको फड्को मार्न सक्नुपर्छ यदि त्यस्तो भएन भने देशले विकासको गति लिन अरु कैयौं वर्ष कुर्नु पर्ने हुन्छ । ’
नेपालको जुम्ला, मुस्ताङ्ग तथा हिमाली भेगमा स्याउको उत्पादन राम्रो हुन्छ । त्यहाँ स्याउको उत्पादन र बजारीकरणसम्मको शिक्षा राज्यले किन दिँदैन ?’ इलाममा चिया, तराईमा धान तथा उच्च पहाडी तथा हिमाली भेगमा जडीबुटी सम्बन्धी सीप र शिक्षा प्रदान गर्न नसक्नु नै आजको मुख्य समस्या हो ।
नेपाली मानव संसाधनको दक्ष बनाउन नसकिनुको अर्को कारण स्थानीय स्रोत र साधानसँग मिल्दो जुल्दो शिक्षा प्रदान गर्न नसक्नु पनि हो । डा. कुवँर भन्छन्, ‘ नेपालको जुम्ला, मुस्ताङ्ग तथा हिमाली भेगमा स्याउको उत्पादन राम्रो हुन्छ । त्यहाँ स्याउको उत्पादन र बजारीकरणसम्मको शिक्षा राज्यले किन दिँदैन ?’
इलाममा चिया, तराईमा धान तथा उच्च पहाडी तथा हिमाली भेगमा जडीबुटी सम्बन्धी सीप र शिक्षा प्रदान गर्न नसक्नु नै आजको मुख्य समस्या हो ।
अमेरिकाको एमआइटी (म्यासेचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी) विश्वविद्यालयको भागमा हालसम्म ८९ वटा नोबेल पुरस्कार परेको छ । यो त्यसै भएको होइन । विज्ञहरु भन्छन्, ‘राज्यले ठूलो मात्रामा अनुसन्धानमा खर्च गर्छ, विश्वविद्यालयहरु त्यसमा तल्लिन हुन्छन त्यस पछि पो परिणाम आउँछ ।’
हाम्रा विश्वविद्यालयहरु सम्बन्धनमा बाँड्न मात्रै केन्द्रित छ । आफ्नो विश्वविद्यालयमा नभएको संकाय पनि पढाउन पाउने गरी सम्बन्धन दिन पछि पर्दैनन् उनीहरु ।
सरकारले भ्रमण वर्ष २०२० मनाउँदै जहाँ २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यस लागि आवश्यक पर्ने जनशक्तिको बारेमा भने राज्य बेखबर जस्तै छ ।
नेपालमा पर्यटकको लागि आवश्यक पर्ने टुरिष्ट गाइड तथा अन्य पर्यटकसँग सम्बन्धित जनशक्तिहरुको संख्या शैक्षिक कोषतर्फ ४२० र तालिमतर्फ ११९३ तयार भएका छन् ।
यी जनशक्तिले कति पर्यटकको लागि उपयुक्त हो भनेर समेत हामी भन्न सक्ने अवस्थामा छैनौं । कम्तिमा राज्यले आफ्नो जनशक्तिको उचित व्यवस्थापन गरेर मात्र यस्ता ठूला कार्यक्रम घोषण गरे मात्र त्यसले सार्थकता पाउने सक्छ ।