एनआइसी एशिया र कुमारी बैंकले गरे लाभांश घोषणा, कुन बैंकले कति दिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थि वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

 

यसैक्रममा बुधबार दुई वाणिज्य बैंक एनआसी एशिया र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् । यी दुवै बैंकले सेयरधनीलाई नगद र बोनस दुवै  वितरण गर्ने भएका छन् ।

 

एनआइसी एशियाले २१.०५% लाभांश दिने

 

एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २१.०५% लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको भदौ ११ गते बुधबार सम्पन्न बैठकले १० प्रतिशत बोनर र बोनसमा लाग्ने कर सहित ११.०५%नगद लाभांश घोषणा गरेको हो।

 

बैंकले ८८करोड ३४ लाख २२ हजार ८७० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर सहित ९७ करोड ६४ लाख १४ हजार ७१५रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

 

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २२ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

 

कुमारी बैंकले १०% बोनस सेयर दिने

 

कुमारी बैंकले पनि सेयर धनीलाई १०% बोनश सेयर दिने घोषणा गरेको छ । बैंक संचालक समितिको बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

 

बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

 

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंककोआगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

हाल कुमारीको चुक्ता पूँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ ।

 

असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी       १५ . ३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.६४ रुपैयाँ छ ।

टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, ४५ रुपैयाँमा १ जिबी डाटा  Read Previous

टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, ४५ रुपैयाँमा १ जिबी डाटा 

बैंकहरुलाई तुरुन्तै  सेयर ब्रोकरको लाइसेन्स दिन बैंकर्स संघको माग Read Next

बैंकहरुलाई तुरुन्तै सेयर ब्रोकरको लाइसेन्स दिन बैंकर्स संघको माग