काठमाडौं। नेपालको अग्रणी दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले दैनिक रुपमा प्रयोग गर्न मिल्ने सस्तो डाटा प्याकेज ल्याएको छ। सहुलियत दरमा प्रतिदिन एक जिबी डाटा प्रयोग गर्न सकिने प्याकेज टेलिकमले ल्याएको हो।
यो सुविधा लिन आइडिआइजी लेखेर १४१५मा पठाएपछि २४ घण्टा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ।यो प्याकेजका लागि ४५ रुपैयाँ करसहित शुल्क लाग्छ।यो योजना अनुसार प्रति एमबि करसिहत साढे चार रुपैयाँ लाग्छ।कम्पनीले एक साताका लागि साढे दुई सय रुपैयाँमा सात जिबी डाटा योजना समेत ल्याएको छ।
यो सेवा लिन ७डी ७जी लेखेर १४१५मा पठाउनुपर्नेछ। कम्पनीका अनुसार सात दिनसम्म एक जिबीका दरले डाटा चलाउन सकिन्छ।
टेलिकमले सबैभन्दा सस्तो दरको इन्टरनेट सेवाका लागि २८ जिबी समेत ल्याएको छ। ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यसका लागि २८डी२८जी लेखेर १४१५मा पठाउनुपर्ने कम्पनीले जनाएको छ।