ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

काठमाडौं– ज्योति विकास बैंकले काठमाडौंको महाराजगंजमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बैंकले मंगलबार नयाँ शाखा सञ्चालनमा ल्याइएको छ।

 

पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकको नयाँ शाखाको उद्घाटन गरे । कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष दिपक केसी, ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्का, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए ।

 

समारोहमा बोल्दै पूर्व अर्थमन्त्री डा। रामशरण महतले बैंकिङ्ग क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिए। साथै बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने धारणा व्यक्त्त गरे।

 

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझ सुधार उन्मुख रहने प्रतिबद्धता व्यक्त्त गरे ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए ।

 

साथै उनले ज्योति विकास बैंकले आगामी दिनहरुमा पनि जनमानसमा बैंकिङ्ग सेवा सहज र सरल बनाउन लागिरहने प्रतिबद्धता व्यक्त्त गरे भने वडाध्यक्ष दिपक केसीले बैंकलाई स्थानीय स्तरमा गर्नुपर्ने सहयोगका लागि हरेक ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे ।

बाख्रापालनले फेरियो जीवन, १ करोड आम्दानी गर्ने लक्ष्य Read Previous

बाख्रापालनले फेरियो जीवन, १ करोड आम्दानी गर्ने लक्ष्य

टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, ४५ रुपैयाँमा १ जिबी डाटा  Read Next

टेलिकमले ल्यायो सस्तो डाटा प्याकेज, ४५ रुपैयाँमा १ जिबी डाटा