काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र नियोटेरिक नेपाल बाीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार चाडपर्वलाई लक्षित गर्दै दशैं क्याम्पियन पनि सुरु भएको छ । क्याम्पियन अन्तर्गत नियोटेरिक नेपाल, डिस्ट्रिबयुटरको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ । दशैं क्याम्पियन ११ असोज देखि २० कार्तिक सम्म लागू हुनेछ ।
नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आईएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले ल्यापटप जित्न सक्नेछन् ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख गुण श्रेष्ठले डिस्ट्रिब्यूटरको कुनै पनि ग्याजेट आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।