काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’बाट सम्मानित गरेको छ ।
वर्षौदेखि सामाजिक सेवा, संस्थागत र आर्थिक विकासको क्षेत्रमा योगदान पु्रयाएको भन्दै युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ दिने निर्णय गरेको हो ।सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले भव्य समारोहका बीच सम्मान गरेको हो ।
बारा–पर्साका निजीक्षेत्रका छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षका हैसियतले गुप्ताले प्राप्त गरेकोे यस किसिमको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित सम्मान उनको लागि मात्र नभई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र बारा–पर्साका सम्पूर्ण उद्योगी व्यवसायीको लागि गौरवको विषय भएको बताइएको छ ।
साथै, गुप्ता नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारणी सदस्य र नेपाल चामल, तेल, दाल उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष भएको नाताले राष्ट्रका सम्पूर्ण उद्यमी व्यवसायीको लागि यो सम्मान महत्वको विषय बनेको छ ।
नेपालको जिल्ला नगर उद्योग वाणिज्य सङ्घ क्षेत्रबाट अध्यक्षको हैसियतले उल्लेखित सम्मान ग्रहण गर्ने स गुप्ता पहिलो व्यक्ति हुन् ।
उनले आफ्नो व्यापार, व्यवसायको अलावा सामाजिक सेवा, संस्थागत तथा आर्थिक विकासका लागि विभिन्न सामाजिक एवम् व्यावसायिक सङ्घ–संस्थाहरुमा आबद्ध रही नेपालको उद्योग, व्यापारको प्रबद्र्धनका निमित्त विगत २ दशकदेखि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाका फलस्वरुप उनले यस्तो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएक छन् ।