पर्फेक्ट फुडको स्‍नोडेण्ट चुविङ्‍गमको प्रचारप्रसार सन्दीप लामिछानेले गर्ने

काठमाडौं । पर्फेक्ट फुड प्रालिले आफ्नो उत्पादन स्‍नोडेण्ट चुविङ्‍गमको प्रवद्र्धनका लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ।

 

लामिछानेले स्‍नोडेण्ट चुविङ्‍गमको विज्ञापन प्रचारप्रसारमा सहयोग गर्ने छन्। ‘स्‍नोडेण्ट चुविङ्‍गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो। यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्‍नोडेण्ड इन ब्याड ब्रेथ आउट’ भन्ने स्लोगन दिइएको छ। मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेण्ट बढाउनका लागि स्‍नोडेण्ट चुविङ्‍गम पर्फेक्ट छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

‘मिन्टको रिफ्रेसिङ फ्लेवरले मलाई क्रिकेट खेल्दा वा अभ्यास गर्दा रिफ्रेसिङ बनाइ राख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ,’ सन्दीप भन्छन् ।

डिशहोमको नयाँ जडान गर्नेलाई स्पेन घुम्ने अवसर Read Previous

डिशहोमको नयाँ जडान गर्नेलाई स्पेन घुम्ने अवसर

कालिका कन्स्ट्रक्सनले आवेदन दिँदा रोकियो नेपालकै पहिलो 'फ्लाइओभर'को ठेक्का Read Next

कालिका कन्स्ट्रक्सनले आवेदन दिँदा रोकियो नेपालकै पहिलो 'फ्लाइओभर'को ठेक्का