काठमाडौं । डिशहोमले चाडपर्वलाई लक्षित गर्दै ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउने छन् । साथमा हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजार रुपैयाँको ला लिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने छन् ।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । यो योजना प्रभु टीभी, सिम टीभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।
ला लिगा सिजन टिकट मार्फत डिशहोम, प्रभु टीभी र सिम टीभीका ग्राहकहरुले स्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने ला लिगा हेर्न सक्नुहुनेछ । यो प्रतियोगिताको नेपालका लागि पे टीभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ ।
हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा ला लिगाको खेलहरु भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ । डिशहोमको यस योजनाले ग्राहकहरुलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ ।
यो योजना असोज ११ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।