होण्डाको फेस्टिभ बोनानजा : २ लाख नगद छुट, हरेक १५ दिनमा साढे ३ लाख क्यासब्याक

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै “होण्डाको फेस्टिभ बोनानजा” योजना ल्याएको छ ।

 

यस योजना अन्तर्गत नयाँ होण्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्री इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्री रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्री सर्भिसिङ्ग सुविधा रहेको छ ।

 

साथै, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट पाउने छन् भने अन्य धेरै फ्री आकर्षक उपहार पनि पाउने छन् ।

 

साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाख रुपैयाँसम्मको क्यास ब्याक जित्न सक्नुहुनेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले दियो घातक रोग लागेका बीमितलाई ६ लाख Read Previous

नेपाल लाइफले दियो घातक रोग लागेका बीमितलाई ६ लाख

टाटा मोटर्सले नेपाली बजारमा ल्यायो नयाँ एनआरजी कार Read Next

टाटा मोटर्सले नेपाली बजारमा ल्यायो नयाँ एनआरजी कार