नेपाल लाइफले दियो घातक रोग लागेका बीमितलाई ६ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा गरेका व्यक्तिलाई घातक रोग लागेबापत ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

 

कम्पनीको कोटेश्वर शाखाबाट ६ लाखको जीवन बीमा गरेका प्रविण गौलीलाई घातक रोगको बीमा बापत उक्त रकम प्रदान गरेको हो ।

 

गौलीलाई १८ वटा घातक रोगमध्ये मुटुमा समस्या देखा परेको हुँदा कम्पनीले उपचार खर्च गर्न उक्त रकम प्रदान गरेको हो ।

 

उनलाई कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर, वरिष्ठ एजेन्सी म्यानेजर दीपक थापासहितको उपस्थितिमा ६ लाखको चेक रकम भुक्तानी दिइएको हो ।

माथिल्लो आँखुखोलामा सिटिजन्स बैंकको अगुवाइमा अन्य ४ बैंकले लगानी गर्ने Read Previous

माथिल्लो आँखुखोलामा सिटिजन्स बैंकको अगुवाइमा अन्य ४ बैंकले लगानी गर्ने

होण्डाको फेस्टिभ बोनानजा : २ लाख नगद छुट, हरेक १५ दिनमा साढे ३ लाख क्यासब्याक Read Next

होण्डाको फेस्टिभ बोनानजा : २ लाख नगद छुट, हरेक १५ दिनमा साढे ३ लाख क्यासब्याक