टाटा मोटर्सले नेपाली बजारमा ल्यायो नयाँ एनआरजी कार

काठमाडौं । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ कार एनआरजीको नेपाली बजारमा सार्वजनिक गरेको छ ।

 

उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राईभीङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरू तर्फ लक्षित छ ।

 

‘अर्बन टफरोडर’ को रूपमा प्रस्तुत गरिएको स्वरूप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको छ ।

 

सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरूमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभरका शोरुमहरूमा उपलब्ध छ ।

 

पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरूले यसको आकर्षणमा नयाँ आयाम थपेको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरूमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ । १२०० सीसीको इन्जिन क्षमता सहित म्यानुअल र एटीएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभूति गर्दछ ।

 

टाटा मोटसर्् प्यासेन्जर भेहीकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले भन्ने ‘हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छांै । यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन हो, जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ । ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरू प्राप्त गर्न चाहनेहरूको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरूको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’

त्यसैगरी, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटसर्् संगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकहरू समक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरू ल्याउनका लागि सदैव प्रतिबद्ध छौं ।’

 

होण्डाको फेस्टिभ बोनानजा : २ लाख नगद छुट, हरेक १५ दिनमा साढे ३ लाख क्यासब्याक Read Previous

होण्डाको फेस्टिभ बोनानजा : २ लाख नगद छुट, हरेक १५ दिनमा साढे ३ लाख क्यासब्याक

एनएमबीको मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना Read Next

एनएमबीको मुद्दती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना