निक्षेपको ४ गुणा बढी कर्जा विस्तार, एकसातामै गरे ३१ अर्ब लगानी

काठमाडौं । तरलता अभावका बाबजूद बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गर्ने क्रम जारी नै राखेका छन् । साउन यता बैंकिङ प्रणालीमा तरलता अभाव चुलिए पनि बैंकहरु उल्लेख्य रुपमा कर्जा विस्तार गर्न सफल भएका हुन् ।

 

भदौमा १ खर्ब ८ अर्ब ऋण लगानी गरेका वाणिज्य बैंकहरुले असोज पहिलो सातामा मात्रै ३१ अर्ब ऋण लगानी गरेका छन् । असोज पहिलोसाता संकलन गरेको निक्षेपको तुलनाका कर्जा लगानी झन्डै ४ गुणाले बढी हो । सो अवधिमा बैंकहरुले जम्मा ८ अर्ब मात्र निक्षेप थपेका छन् ।

 

पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै समग्र अर्थतन्त्र चलायमान हुँदा ऋणको माग ह्वात्तै बढेको बैंकहरुले बताएका छन् । ऋणको माग उच्च भए पनि माग अनुसार ऋण उपलब्ध गराउन कठिन हुँदै गएको उनीहरुको भनाइ छ ।

तरलता अभावका कारण असोजका लागि बैंकहरुले निक्षेप र कर्जाको ब्याज समेत बढाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेका छन् भने कर्जाको पनि दोहोरो अंकमा पुगेको छ । पछिल्लो समय बैंकहरुले अन्तर बैंक र राष्ट्र बैंकबाट सापटी लिएर कर्जा लगानी गर्दै आएका छन् ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सीसीडी व्यवस्था खारेज गरी सीडी व्यवस्था लागू गरेपछि बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै गएको हो ।

 

चालू आवको असोप पहिलो सातासम्ममा बैंकहरुले कुल ४१ खर्ब ८०अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

बुद्धभूमि नेपालको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ? Read Previous

बुद्धभूमि नेपालको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ?

काठमाडौं-काँकडभित्ता रुटमा सुपर एसी बस संचालन Read Next

काठमाडौं-काँकडभित्ता रुटमा सुपर एसी बस संचालन