बुद्धभूमि नेपालको आइपीओमा आवेदनको ओइरो, पहिलो दिन कतिले भरे ?

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

 

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार पहिलो दिन (सोमबार) ५ बजेसम्म ४ लाख ४४ हजार ९४७ जनाले ५८ लाख २८ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.८३ गुणा बढी हो ।

 

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल ८ लाख कित्ता सेयरमध्ये १६ हजार कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले हाल नुवाकोटमा ४।९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

भण्डारण केन्द्र नहुँदा 'अफ सिजन'मा महँगिदै प्याज, निर्माण गर्ने छैन योजना Read Previous

भण्डारण केन्द्र नहुँदा 'अफ सिजन'मा महँगिदै प्याज, निर्माण गर्ने छैन योजना

निक्षेपको ४ गुणा बढी कर्जा विस्तार, एकसातामै गरे ३१ अर्ब लगानी Read Next

निक्षेपको ४ गुणा बढी कर्जा विस्तार, एकसातामै गरे ३१ अर्ब लगानी