काठमाडौं-काँकडभित्ता रुटमा सुपर एसी बस संचालन

काठमाडौं । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोट लगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले सोमबारदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो ।

 

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘अहिले काठमाडौँ–काकँडभित्ता सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ,’ उनले भने ।

 

उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

निक्षेपको ४ गुणा बढी कर्जा विस्तार, एकसातामै गरे ३१ अर्ब लगानी Read Previous

निक्षेपको ४ गुणा बढी कर्जा विस्तार, एकसातामै गरे ३१ अर्ब लगानी

जुर्मुराउँदै सौराहा : होटलहरू धमाधम बुकिङ, आउन थाले भारतीय र युरोपेली पर्यटक Read Next

जुर्मुराउँदै सौराहा : होटलहरू धमाधम बुकिङ, आउन थाले भारतीय र युरोपेली पर्यटक