काठमाडौं । डिशहोमले आफ्नो फाइबरनेट सेवा पूर्वको बिर्तामोड विस्तार गरेको छ । देशक प्रमुख सहरहरुमा तीव्र रुपमा सेवा विस्तार गरिरहेको डिशहोमले झापाको बिर्तामोडमा पनि फाइबरनेट पुर्याएको हो ।
बिर्तामोडमा फाइबरनेट सेवाको उदघाटन क्षेत्र विक्री प्रबन्धक विपिन्द्र न्यौपानेले गरे । झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने विक्री अधिकारी प्रोजवल अधिकारीले बताए ।
कम्पनीले यसअघि देशका मुख्य सहरहरु काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र विराटनगर फाइबरनेट सेवा विस्तार गरिसकेको छ ।देशभर फाइबरनेट पुर्याउने लक्ष्य राखेको डिशहोमले चाँडै अन्य प्रमुख सहरमा पनि सेवा विस्तार गरिने जनाएको छ ।
उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्येनजर गर्दै कम्पनीले सन् २०२० देखि फाइबरनेट सेवा सुरू गरेको थियो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो कम्पनीले भनाइ छ ।