काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न शनिबार अफर ल्याएको छ ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी ३ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–सिमराको एकतर्फी टिकट २ हजार रुपैयाँमा किन्न सकिनेछ । यस्तै, काठमाडौं–भद्रपुर र काठमाडौं भैरहवाको एकतर्फी टिकट २ हजार ५०० रुपैयाँमा किन्न सकिने एयरलाइन्सले जनाएको छ ।
यो अफर भोलि (असोज ९ गते) शनिबारका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा सस्तो टिकट अफर ल्याएको थियो ।