काठमाडौं । साउनदेखि संचालनमा आएको चार तारे होटल रमादा इनकोर दशैं तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै गर्दै विशेष पारिवारिक योजना ल्याएको छ ।
अमेरिकी ब्राण्डको ठमेलस्थित चेन होटल रमादा इन्कोर बाइ विन्धम काठमाडौँले दशैं तिहारको छुट्टीको अवसर सदुपयोग गर्ने पारिवारिक वातावरण बनाइएको र त्यस्तै कार्यक्रमहरु ल्याइएको बताएको छ ।
होटलको योजना अनुसार व्यक्तिगत तथा दम्पतीहरुका लागि विशेष सुविधासहितका प्योकजहरु ल्याएको जनाएको छ ।रमादा होटलले ६ हजारमा यस्तो प्याकेज दिइएको जनाएको छ । यसअन्तर्गत रुमसहित दुइजनाका लागि बे्रकफास्टको सुविधा रहेको छ ।
साथै, होटलका आगन्तुकले रुफ–टप इन्फिनिटी स्विमिङ पुलको मज्जा लिनसक्ने र फिटनेस सेन्टरको मज्जा लिन पनि सक्नेछन् ।
विदेशी तथा आन्तरिक पर्यटकका लागि सो होटलले छुट्टाछट्टै कार्यक्रम ल्याएको जनाएको छ । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको होटलले जनाएके छ । आजदेखि सुरु भएको यो प्याकेज मङ्सिर १४ गतेसम्म उपलब्ध हुने उनले बताए ।
करिब साढे दुई अर्ब लगानी रहेको उक्त होटल चार रोपनी क्षेत्रफलमा छ । नेपालमा डालिया इन्भेस्टमेन्ट ग्रुपले सो होटल हालै सञ्चालनमा ल्याएको हो ।
कोभिड–१९ महामारीको जोखिम कम भएसँगै नेपालमा विस्तारै पर्यटकीय गतिविधि पनि चलायमान हुन थालेको छ । सरकारले नेपाल आउने विदेशी पर्यटकलाई सर्तसहित ‘अनअराइभल भिसा’ खुला गरेको छ ।