काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।सिटिजन्स बैंकले गत वर्ष अन्य संस्थालाई प्राप्ति गरेकाले यसको लाभांशमा कर लाग्दैन ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।
हाल ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी १३ अर्ब १६ करोड पुग्नेछ ।