काठमाडौं । सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टालाई ४ लाख ९७ हजार २०० रुपैयाँ दिएको हो ।
उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ । सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।
जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ । ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।
सिद्धार्थ बैंकल देशभरका १८० वटा भन्दा बढी शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।