असोज १५ देखि न्यादी हाइड्रोपावरको आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । असोज १५ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

 

निष्काशन हुने कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाइने छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथे मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६.५ रुपैयाँ हुने जनाएको छ ।

सिद्धार्थ बैंकले दियो जोन्टा क्लब अफ काठमाडौंलाई ५ लाख सहयोग Read Previous

सिद्धार्थ बैंकले दियो जोन्टा क्लब अफ काठमाडौंलाई ५ लाख सहयोग

चार्जिङ स्टेशन बनाउन ५ प्रतिशत ब्याजमै ऋण Read Next

चार्जिङ स्टेशन बनाउन ५ प्रतिशत ब्याजमै ऋण